सञ्चारगृहले उद्योग सरह मान्यता पाउने

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौ, १४ बैशाख । सरकारले सबै सञ्चार गृहरुलाई उद्योग सरह मान्यता दिने भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारगृहहरुमा व्यवसायिकता र उद्यमशिलता बढ्दै गएकाले रोजगारी र कुल गार्हस्थ उत्पादनमा सहयोग पुगेको भन्दै सञ्चार माध्यमलाई पनि उद्योग सरह मान्यता दिने मन्त्रीस्तरीय निर्णय भएको बताए ।
त्यस्तै सरकारले रेडियोहरुलाई पनि बर्गिकरण गर्ने तयारी गरेको छ । यस्तै सरकारले गतबर्षको भूकम्प र त्यसपछिको परकम्पको समयमा सुचना सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सञ्चारमाध्यमको प्रसंसा पनि गरेको छ । चालु आर्थिक बर्षको नबिकरण दस्तुर पुरै मिनाहा तथा तिर्नुपर्ने रोयल्टीमा पनि ५० प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ ।
सञ्चार मन्त्रालयले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्ने गराउने निर्णय पनि गरेको छ । तर सञ्चारगृहको मापदण्ड निर्धारण गरेर मात्रै पत्रकारहरुको सेवा सुबिधाका बारेमा निर्णय गर्ने सञ्चारमन्त्री राईले बताए । सञ्चार मन्त्रालयले मन्त्रीपरिषद बैठकमा पेश गरेर मन्त्रीपरिषदले स्वीकृत गरेपछि यो प्रस्ताव लागु हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार