ट्राफिक जरिवाना ७५० प्रतिशतले वृद्धि

२०७३ बैशाख १६ गते, बिहीबार

काठमाडौ, १६ बैशाख । नेपाल प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको अनुपात ७५० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ मा भएको प्रावधान परिमार्जन गर्दै सरकारले नियम मिच्ने चालकसँग असुल गर्ने जरिवानाको मात्रामा भारी वृद्धि गरेको छ । सवारी अनुशासन पालना नगर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले लेन अनुशासन उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने, ‘हिट एन्ड रन’मा संलग्न, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राख्नेलगायतसँग न्यूनतम ५०० देखि १ हजार ५०० रुपैयाँसम्म असुल गर्ने अधिकार ट्राफिक प्रहरीलाई प्रदान गरेको छ ।
सवारी अनुशासन उल्लंघन अभियोगमा उपत्यकाभित्र मात्रै दैनिक दुई सयदेखि २५० चालक काबाहीमा पर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पहिलोपटक कारबाहीमा परे ५००, दोस्रोपटक १ हजार र तेस्रोपटक पनि ट्राफिकको फन्दामा परे १५ सय रुपैयाँ जरिवाना र अनिवार्य रूपमा ट्राफिक अनुशिक्षण तालिम लिनुपर्नेछ । ट्राफिक प्रहरीले यसअघि २५ रुपैयाँदेखि २०० रुपैयाँसम्म असुल गर्दै आएको थियो । यसअघि मादक पदार्थ सेवन गरेर सवारी चलाए तथा जथाभावी पार्किङ गरे क्रमशः ट्राफिक प्रहरी र नगरपालिकारमहानगरपालिकाले चालकबाट १ हजार जरिवाना असुल्दै आएका थिए । नयाँ नियम आइतबारदेखि लागू गरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार