हस्तकला मेला हुदै

२०७३ बैशाख १७ गते, शुक्रबार

काठमाडौं, १७ वैशाख । हस्तकलाको आन्तरिक बजार बिकास तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बैशाख २३ गतेदेखि १३र्औ हस्तकला ब्यापार मेला तथा ११औं प्रतियोगितात्मक हस्तकला प्रर्दशनी हुँदै छ ।
वाणिज्य मन्त्रालयको सहयोगमा नेपाल हस्तकला महासंघको आयोजनामा हुन लागेको ५ दिने प्रदर्शनीले भुकम्प र नाकाबन्दीपछि प्रभावित हस्तकलाको बजार प्रबद्र्धनमा सहयोग पुर्‍याउने विश्वास आयोजकको छ । नेपालको निर्यात ब्यापार र आन्तरिक बजारमा हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फान्स, बेलायत, जापान, चीन, भारत लगायत ८० भन्दा बढि मुलुकहरुमा १० अरब भन्दा बढिको निर्यात हुँदै आएको जनाइएको छ । देश भित्र आन्तरिक उपभोग करिब १० अरब बराबरको रहेको महासघंले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार