सुन तोलाको ५६ हजार ५ सय

२०७३ बैशाख १८ गते, शनिबार

काठमाडौं, १८ बैशाख । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । शुक्रबार छापावाल सुनको मूल्य एकै पटक तोलामा १२ सयले बृद्धि भएर ५६ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १ सयले बढेर ५५ हजार ३ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भएको मूल्य बृद्धिसंगै सुनको भाउमा पनि उच्च बृद्धि हुन पुगेको जनाइएको छ ।
चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर ८ सयमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स १२ सय ७७ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार