आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौ, १९ बैशाख । आज मे दिवस अर्थात् १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।
नेपालमा पनि विभिन्न मजदुर संघसङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलन भएसँगै यो दिवस मनाइन लागेको हो । यो दिवसमा आज सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार