लमजुङमा फेरि अर्काे सामाजिक क्रान्ति

२०७३ बैशाख २४ गते, शुक्रबार

काठमाडौं, २४ वैशाख । विसं २००६ मा ब्राह्मणका छोराले पनि हलो जोत्नुहुन्छ भनेर हलो क्रान्ति भएको लमजुङमा फेरि अर्काे सामाजिक क्रान्ति भएको छ ।
जातीय छुवाछूत अन्त्यका लागि कैयौँपटक सहभोज गर्दासमेत जातीय छुवाछूतको भावना हट्न नसकेको भन्दै छुवाछूत अन्त्य भएको सन्देश दिन दलित बस्तीमा होमस्टे (घरवास) पर्यटन लागू गरिएको छ ।
सार्क भिलेजका रुपमा परिचय बनाएको सार्क राष्ट्रकै नमुना गाउँ घलेगाउँको दलित बस्तीमा होमस्टे लागू भएपछि जातीय छुवाछूत अन्त्यका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
दलित होमस्टेको एक कार्यक्रमबीच सांसद जमिन्द्रमान घलेले उद्घाटन गर्दै सांसद नयाँ संविधानले जातीय छुवाछूत तथा विभेदलाई अपराध मानेकाले राज्यको दृष्टिमा सबै नागरिक बराबर भएको बताउनुभयो ।
उहाँले गाउँगाउँबाट छुवाछूतविरुद्ध लाग्न आग्रह गर्दै घलेगाउँले छुवाछूत अन्त्य गर्न दलित बस्तीमा समेत होमस्टे निर्माण गरेर प्रशंसनीय काम गरेकामा बधाईसमेत दिनुभयो ।
पच्चिस घरधुरी दलित बस्ती रहेको घलेगाउँमा पहिलो चरणमा स्थानीयवासी छविलाल विक र उमलबहादुर विकको घरमा घरवास कार्यक्रम लागू गरिएको छ ।
पर्यटकको चापअनुसार थप घरमा विस्तार गर्ने तयारी गरिएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार