हत्याको विरोधमा राजमार्ग अवरुद्ध

२०७३ बैशाख २४ गते, शुक्रबार

काठमाडौ, २४ बैशाख । महेन्द्रनगरस्थित एक होटेलमा दुईजनाको हत्या भएको विषयलाई लिएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सुडा–लालपुर क्षेत्रमा सडक अवरुद्ध गरिएको छ । घटनास्थलमा मृतकका आफन्तलाई जान नदिइ प्रहरीले गुपचुपरुपमा पोस्टमार्टम गर्न खोजेको भन्दै पीडित परिवार र स्थानीयले सडक अवरुद्ध गरेका हुन् । होटल व्यवसायी र प्रहरीले मिलेमतोमा घटना लुकाउन खोजेको आरोप पनि आफन्तजनले लगाएका छन् ।
महेन्द्रनगरको गल्ली नम्बर–४ स्थित संगम होटेलमा विहीबार राति होटेलका कामदारद्वय ४५ वर्षीय कृष्णसिंह विष्ट र २० वर्षीय भीम रोकायाको हत्या भएको थियो भने ४२ वर्षीय पदमराज जोशी घाइते भएका छन् । घाइते जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कन्चपुरका प्रहरी प्रमुख तुलसीप्रसाद अधिकारीले हत्याबारे छानबिन भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार