​एनसेलले ९ अर्ब ९६ करोड लाभकर बुझायो

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ बैशाख । एनसेलले पुँजीगत लाभकर वापत नौं अर्ब ९६ करोड रुपैयाँ बुझाएको छ । स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको) तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो। सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए । यो कारोबारमा एनसेलले आजसम्म खरिदको आय विवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने दायित्व थियो ।
यसअघि २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत दुई अर्ब ८३ करोड रुपैयाँ कर बुझाइसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १३ अंकले बढ्यो

२०८२ भाद्र १६ गते, सोमबार

बुङ्गल हाइड्रोको आईपीओ निष्कासन

२०८२ भाद्र १६ गते, सोमबार