यार्सागुम्बा टिप्ने मौसम सुरु

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौ, २७ बैशाख । दार्चुला जिल्लाको अपी नम्पा संरक्षण क्षेत्रको लेकमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मौसम सुरु भएको छ । यार्सागुम्बाको सिजन सुरु भएसँगै यस भेगका सबैजसो घरपरिवारका मानिस स्कूले विद्यार्थीसमेतलाई लितर लेकतर्फ जान थालेका छन् । यार्सा टिप्ने समयभरको एक महिना सबै विद्यार्थी लेक जाने भएपछि स्थानीय विद्यालयसमेत बन्द हुने गर्दछ ।
बर्षभरी पढाइ र घर खर्च उठाउने मूख्य स्रोत नै यार्सागुम्बा भएपछि दार्चुलाबाट उच्च शिक्षाकालागि काठमाडौंमा रहेका विद्यार्थीसमेत यार्सा टिप्न जाने गर्दछन् । यार्सागुम्बा टिप्ने समय बैशाख अन्तिम सातादेखि असारसम्म रहने गर्दछ । यस बर्षबाट यार्सागुम्बा टिप्न जानेका लागि संरक्षण क्षेत्रले विशेष परिचय पत्र र शुल्क निर्धारण गरेको छ । जिल्लाको घुुसा, खण्डेश्वरी, राप्ला, ब्यास, सितोला गाविसको लेकमा यार्सागुम्बा पाइने गर्दछ । यार्सागुम्बाको नेपाली बजारमै प्रतिकेजी दश लाखदेखि बीस लाखसम्म पर्ने गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार