पर्यटन प्रवद्र्धनको नाममा ब्रम्हलुट
काठमाडौँ, २७ वैशाख । पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकम नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय, जिल्ला वन कार्यालय र केही संघ संस्थाहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्राप्त भएको लाखौं रुपीयाँ केही व्यक्तिहरुले कालीगण्डकी नदीमा जलयात्रा गरेर सकेका छन् । जिल्लाका केही राजनीतिक दल, जिल्ला विकास समतिका स्थानीय विकास अधिकारी, जिल्ला विकास समितिका पर्यटन हेर्ने कर्मचारीहरु तथा उनीहरुका परिवार, उद्योग बाणिज्य संघका केही पदाधिकारी र पर्यटन सम्बन्धी गैर सरकारी संस्था पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका पदाधिकारीका साथै उनीहरुका आफन्त र एक विदेशी नागरिक लगातयकाले जिल्लामा पर्यटन प्रवद्र्धनकाका नाउँमा आँफूहरुले मोजमस्ती गरेर रकम सकेका हुन् । -याप्टिङमा नेकाका सचिव विश्वप्रकाश प्रसाई, एमालेका गोविन्द पहाडी, एमाओवादीका कृष्ण पराजुली, राप्रपा नेपालका प्रकाश पौडेल, राप्रपाका इश्वर गिरी, क्रान्तिकारी माओवालीका तेजेन्द्र पौडेल, दुर्गा तमू लगाएतका दलका नेताहरु उक्त कार्यक्रममा सहभागीता जनाएका थिए ।जलयात्रामा ३४ जनाले सरकारी रकम प्रयोग गरेर मोजमस्तीमा सकेपछि जिल्लामा चर्चाको विषय बनेको छ । २ दिनसम्म भएको जलयात्रामा एक जनाको खाना बाहेक १० हजारका दरले ३ लाख ४० हजार रुपीयाँ खर्च भएको छ । यसले कालीगण्डकीमा जलयात्राका लागि विभिन्न भौतिक पूर्वाधार गर्न सकेको भए सयौं पर्यटहरुलाई आकर्षित गर्न सकिने बताईएको छ ।
पर्वत पर्यटन पर्वद्धन केन्द्रले बिगत तिन, चार बर्ष देखि पर्यटन प्रर्वद्धनको नाममा लाखौं रुपैया खर्च गर्ने गरेको भएपनि त्यसको आर्थिक अवस्था भने अपारदर्शी हुँदै आएको छ । यस बर्ष पनि यससँगै अन्य कृयाकलापहरु संञ्चालन गर्नेगरी रकम आएको भएपनि त्यसको समेत कहिकतै जानकारी गराइएको छैन । संस्थाका अध्यक्ष शिव शर्मा पौडेलले रकम ल्याउने गरेको र एकलौटी तरिकाले खर्च गर्ने गरेको संस्था कै अन्य सदस्यहरुले आरोप लगाउँछन् । उता अध्यक्ष पौडेलले भने पर्यटन पर्वद्धनको लागि आफुले निकै प्रयास गरेको र यसले पर्वतको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउँछन् ।
पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अन्य सदस्यहरुलाई समेत थाहा नदिई जलयात्रामा लाखौं रुपीयाँ खर्च भएपछि सदस्यहरु समेत असन्तुष्ट बनेकाछन् । रकम कसरी आयो र कसरी खर्च भयो हामीलाई केही थाहा छैन नाम नबनाउने शर्तमा एक सदस्यले भने प्रवद्र्धनका नाउँमा गरिएको यस्तो खर्च प्रति हाम्रो असंतुष्टी रहेको छ । यता समाजिक संजालमा केन्द्रका सदस्य समेत रहेका गणेश पौडेलले जलयात्राको विषयमा लेखिएको एक स्टाटसमा कमेन्ट गर्दै मामाको धनमा फुपुको श्रद्धा गरेको आरोप लगाएका छन् ।
अनुमति प्राप्त नभएको हिमालयन -याण्डम रिभर नामक कम्पनीबाट -याफ्टिङ संचालन गरीएको समेत बुझिएको छ । पर्यटन प्रर्वद्धन केन्द्रका अध्यक्ष शिव प्रसाद पौडेल सहित उनका आफन्तहरुको लगानी रहेका कम्पनीबाट उक्त -याप्टीङको आयोजना गरीएको बुझिएको छ ।
पहिलो पटक कालीगण्डकी नदीमा परिक्षणको नामा अबैध कम्पनीको प्रयोग गरी पौडेलले पर्यटन प्रर्वद्धन केन्द्रमाथि आफ्नो रवैयाँ गर्दै आएको र हरेक निर्णयमा सदस्यलाई समेत जानकारी नदिइ एकलौटी रुपमा गर्दै आएको समेत खुल्न आएको छ । उक्त कम्पनीले कालीगण्डकी नदीमा -याप्टीङ गराउनको लागि अनुमती प्राप्त नगरेको समेत विशेष श्रोतले जानकारी दिएको छ ।
कम्पनीले केही समयपछि मात्रै उद्घाटन गरेर आधिकारीक जलयात्रा गराउने भएपनि अहिले परिक्षण भएकाले त्यति महंगो दररेटमा खर्च गर्नु आफ्नै कम्पनीको प्रवद्र्धन गर्ने शिवप्रसादको योजना भएको बताइएको छ । जलयात्रामा गर्नको लागि विदेशी नागरीकले सरकारलाई कर तिर्नुपर्छ तर यहाँ गलफ्रेण्ड बनाइ एक व्यक्ति लगेको बुझिएको छ । कसैले १७ त कसैले ३५ हजार विदेशी नागरीकले जलयात्रा गरे बापत सरकारलाई कर तिर्नुपर्ने बताएका छन् उक्त रकम कस्ले तिर्न हो त्यसको ठेगान छैन । अबैध कम्पनी र विदेशी नागरीक लिएर जलयात्रा गरी पर्यटन प्रर्वद्धन हुन्छ भन्ने यहाँका पर्यटनविद भनाउँदाले यता ध्यान दिन किन सकेका छैनन ।
कालीगण्डकी नदीमा प्रत्येक वर्ष सयौं विदेशी पर्यटकहरुले साहसिक जलयात्रा गर्ने गरेको भएपनि कति पर्यटकले यात्रा गर्छन् भन्ने कुनै निकायसँग तथ्याङ्क छैन तर प्रवद्र्धन भन्दै विगत ३ वर्षदेखि डेढ करोड रुपीयाँ खर्च भईसकेको छ । ‘कालीगण्डकी नदीका धेरै ठाउँमा ठूला ठूला ढुंगाहरुका कारण बीच बीचमा झरेर जानुपर्ने भएकाले ती ढुंगाहरु फुटाउन सकेको भए त्यसले सहज हुने थियो’ व्यावसायि देब रेग्मीले भने–‘त्यसका साथै केही ठाउँहरुमा बस्ने ठाउँहरु पनि व्यवस्थित गर्नु जरुरी छ ।’
विशेष गरेर कालीगण्डकी नदीमा भएका आकर्षक दृष्य तथा छालहरुले गर्दा विदेशी पर्यटकको मुख्य केन्द्र मानिने भएपनि भौतिक पूर्वाधारको विकास हुन नसक्दा भनेजती फाईदा हुन सकेको छैन । कालिगण्डकीको ¥याफटिङलाई व्यवस्थित बनाउन कुनै पनि निकायले प्रभावकारी काम गर्न सकेको छैन तर प्रत्येक वर्ष यसरी नै रकम सकिने गरेको छ स्थानीय व्यावसायी राजु पौडेलले गुनासो गरे ।
कालिगण्डकीमा भएको उत्खनन् विभिन्न ठाउँमा आएको पहिरो र मोटरवाटो खन्दा थुनिएका ठाउँको सफाई नहुँदा ¥याफ्टिङ असुरक्षित बन्दै गएको भएपनि यसमा ध्यान नपुगेको पर्यटन व्यावसायिहरु बताउँछन् । पर्वद्र्धन गर्नुपर्ने निकायले यस्ता सानातिना काममा ध्यान नदिँदा कालिगण्डकीको महत्व गुम्दै गएको छ । विगतका वर्षहरुमा साहसिक जलयात्राका लागि कालिगण्डकी उत्कृष्ठ नदिको रुपमा रहेको थियो ।
गर्मी मौषम शुरु भएसँगै अहिले कालीगण्डकी नदीमा जलयात्रा (¥याफटिङ्ग)का पर्यटकको घुईँचो लाग्न शुरु भइसकेको भएपनि जलयात्राका विषयमा जिल्लाका कुनै निकायले ध्यान दिएको छैन तर प्रत्येक वर्ष त्यही निहुँमा पैसा सकिने गरेको छ । यसरी भएको अनियमितता समेत कसैले खोजी गरेको छैन । कहिले तालिम, भ्रमण तथा केही होडिङ बोर्ड बनाएर वर्षेनी यसैगरि रकम सकिएको भएपनि कुनै निकायले छानबिन गरेको छैन ।