कोरिया भाषामा उत्तीर्ण संख्या पुनरावलोकन गर्न माग

२०७३ जेष्ठ ३ गते, सोमबार

काठमाडौं, ३ जेठ । सरकारले सातौं कोरियन भाषा परीक्षामा उत्तीर्ण संख्या पुनरावलोकन गर्न कोरियाको मानव संशाधन विकास (एचआरडी) समक्ष माग गरेको छ । ६० हजारभन्दा बढी युवा सहभागी हुने परीक्षामा ३१ सय मात्र उत्तीर्ण हुनु अव्यावहारिक भएकाले पुनरावलोकन गर्नु आवश्यक रहेको सरकारको ठहर छ । आइतबार श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठ र एचआरडीका इन्स्पेक्टर जनरल चोई सुङ सिकबीच भेटवार्ता भएको थियो । “बर्सेनि ६० हजारदेखि ७० हजार युवा कोरियन भाषा परीक्षामा सहभागी हुने तर ५/६ हजार युवा रोजगार अवसर पाउने गरेको छ । यो अत्यन्त न्यून भएकाले थप कोटा वृद्धि गर्न माग गरेका छौं,” कोरियाको एचआरडीसँगको छलफलपछि ईपीएस कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले कारोबारसँग भने, “कोरिया पक्षले कोटा बढाउन एचारडीमा थप छलफल गर्ने आश्वासन दिएको छ ।”
उत्पादनमूलक र कृषि तथा पशुपालन गरी जम्मा २ क्षेत्रमा रोजगारीको अवसर मात्र प्राप्त गरेकाले निर्माण क्षेत्रमा आगामी वर्षदेखि लिन नेपालले आग्रह गरेको छ । “भाषा परीक्षामा सहभागी हुने १०÷१५ प्रतिशत मात्र महिला हुन्छन्,” उनले थपे, “तीमध्ये पनि कोरियाको रोजगार अवसर पाउने न्यून छन् ।”
अनलाइन फारम रजिस्ट्रेसन प्रणालीमा कोरियालाई प्राविधिक सहयोग गर्नसमेत नेपालले आग्रह गरेको छ । “गैरकानुनी दरलाई न्यून गर्न तथा घरफिर्तीका लागि सरकारले राष्ट्रिय सम्मान तथा पुरस्कारको व्यवस्था गरेको छ,” बाँस्तोलाले भने, “यसका लागि कोरिया सरकारको पछि सहयोग चाहिएको छ ।” सन् २०१९ देखि अंक प्रणालीमा लागू गर्न लागेको सन्दर्भमा नेपालले ५ वटा थप सीबीटी हल निर्माण गर्न पर्ने भएको छ ।
एचआरडीको इन्स्पेक्टर जनरल चोई सुङ सिक कामदारको कोटा बढाउन सकारात्मक देखिएका छन् । “कामदारको कोटा बढाउनका लागि माथिल्लो तहमा छलफल गर्छाैं,” उनले भने । कोरियामा झन्डै ३५ हजार नेपाली कामदार कार्यरत छन् । – कारोबार दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार