रानीपोखरीमा मणिमाणिक्य भेटिने आशा

२०७३ जेष्ठ ४ गते, मंगलवार

काठमाडौँ, ४ जेठ । बाल गोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ । गतवर्ष भूकम्पले भत्काएको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्यसँगै रानीपोखरीमा कतै हीरा तथा जवाहरात लगायतका मणिमाणिक्यका सन्दुक भेटिन्छन् कि भन्ने कौतुहलता फैलिएको छ । तत्कालीन राणाकालमा विभिन्न अभियोगका साथ देश छाडी जाने राणाले रानीपोखरीमा धनमाल फ्याँकेर गएका थिए भन्ने कथन छ । श्री ३ जङ्ग संस्थाका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका सन्तति ७७ वर्षीय यमजितप्रताप जङ्गबहादुर राणा भन्नुहुन्छ हामी केटाकेटी हुँदादेखि नै राणा परिवारमा यस्तो कथन सुनिँदैआएको हो, बबरशमशेरका छोरा ब्रह्मशमशेर टुँडिखेलमा घोडा दौडाउँदा घोडासहित हान्निएर पोखरीमा खसेका थिए ।
राणाका अनुसार साहेब हजुर भनिने ब्रह्मशमशेरले रानीपोखरीमा फाल हालेपछि पोखरीलाई हालको अवस्थामा छेकवार लगाइएको हो, यसअघि टुँडिखेलबाट रानीपोखरी खुला थियो, कतै छेकवार थिएन । इतिहासविद् डा. गोविन्द टण्डनका अनुसार यो ठाउँ पोखरी हुनुपूर्व किच्कन्या र भूत लाग्ने ठाउँका रूपमा चिनिन्थ्यो । भूत र किच्कन्याले दुःख नदेओस् भनेर तत्कालीन तान्त्रिक राजा प्रताप मल्लले बालगोपालेश्वर शिवालयसहित भारत र नेपालका विभिन्न तीर्थको जल ल्याएर रानीपोखरी बनाएका हुन् ।
छोरा चक्रवर्तेन्द्रको निधनपछि शोकाकुल रानीको शोक समन गर्न यो पोखरी छेवैमा आफू, रानी र छोरा चक्रवर्तेन्द्र सेतो हात्तीमाथि आरुढ सालिक बनाएको भन्ने इतिहासमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार