शुक्रबारदेखि ज्वेलरी एक्स्पो

२०७३ जेष्ठ ५ गते, बुधबार

काठमाडौं,५ जेठ । नेपाली गरगहनाको मौलिक एवं साँस्कृतिक पक्षबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउने उद्देश्यले जेठ ७ देखि राजधानीमा जेम एन्ड ज्वेलरी एक्स्पो हुँदैछ । मेला आयोजक नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । मेलामा ५३ स्वदेशी र ६ ओटा विदेशीसहित ५९ ओटा स्टल रहने जनाइएको छ ।
मेला गत वर्ष नै गर्ने तय भएपनि प्राकृतिक विपत्ति र अन्य प्रतिकूलताले तत्कालीन अवस्थामा मेला सन्चालन गर्न नसकिएको र अहिले गर्न लागिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १३ अंकले बढ्यो

२०८२ भाद्र १६ गते, सोमबार

बुङ्गल हाइड्रोको आईपीओ निष्कासन

२०८२ भाद्र १६ गते, सोमबार