पेट्रोलियम भण्डारको खोजि हुदै
काठमाडौ, ५ जेठ । नेपाल अहिले भूमिगत पेट्रोलियम भण्डारको खोजीमा जुटेको छ । यसका लागि चिनियाँ विज्ञहरु ल्याएर नेपालका विभिन्न भागमा पेट्रोलियम अन्वेषणको काम भइरहेको छ । केही साताअघि नेपाल आएको चिनियाँ टोलीले दैलेख, लुम्बिनीमा अन्वेषण गरी पछिल्लो समय मोरङ पुगेको छ । मोरङको बाहुनी गाविसमा पेट्रोलियम पदार्थको खानी रहेको वर्षौंअघि पत्ता लागे पनि थप अन्वेषण र अनुसन्धान हुन सकेको थिएन । सो क्षेत्रमा कस्तो इन्धन कति छ भन्नेबारे अनुसन्धान हुन नसकेको अवस्थामा चिनियाँ टोली उक्त क्षेत्रमा पुगेको हो । उद्योग मन्त्रालय स्रोतका अनुसार ६ सदस्यीय चिनियाँ टोलीले अनुसन्धान गरिरहेको छ ।