गमगढी–नेपालगन्ज बस सेवा सुरु

२०७३ जेष्ठ ९ गते, आईतवार

काठमाडौं, ९ जेठ । मुगु जिल्लास्थित रारा छायाँनाथ यातायात प्रालिले हिजोदेखि सदरमुकाम गमगढीबाट नेपालगन्जसम्म सिधा बस सेवा सुरु गरेको छ । हिजो सञ्चालन भएका बसले नेपालगन्जबाट ६२ यात्रु लिएर दुईवटा बस मुगु पुगेका छन् । बस मुगु सदरमुकाम गमगढीमा पुग्दा स्थानीयवासीले पञ्चेबाजासहित अबिर जात्रा गरेर स्वागत गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरवीर रावतले रिबन काटेर मुगुमा आधिकारिक रुपमा बस सेवा सञ्चालनको उद्घाटन गरेका थिए ।
मुगु जिल्ला २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १३ अंकले बढ्यो

२०८२ भाद्र १६ गते, सोमबार

बुङ्गल हाइड्रोको आईपीओ निष्कासन

२०८२ भाद्र १६ गते, सोमबार