चक्काजाम गरिए कडा कारबाही
काठमाडौं, १२ जेठ । सरकारले यातायात व्यवसायीहरुलाई चक्काजाम नगर्न आग्रह गरेको छ । सरकारी आग्रहलाई बेवास्ता गर्दै चक्काजाम गरिए त्यसविरुद्ध कडा कदम चाल्ने उसले चेतावनी दिएको छ । नियम उल्लंघन गरेको अवस्थामा लिने शुल्क बढाएको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा चक्काजाम गर्ने तयारी भएपछि सरकारले यस्तो चेतावनी दिएको हो । यातायात व्यवसायीहरुले चक्काजामकोक्रममा भाडाका सवारी–साधनलाई पूर्णरुपमा रोक लगाउने र निजी सवारी–साधनलाई भने कुनै अवरोध नगर्ने जनाएका छन् ।
गृह मन्त्रालयले अत्यावश्यक सेवामा गरिने कुनैपनि बन्द, हडताल स्वीकार्य नहुने भन्दै जरिवाना रकम बढाउनु उचित भएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बुधबार हामीसँग बताए । साथै, गृहले जनताको दैनिकीमा नकारात्मक प्रभाव पर्ने गरी कुनैपनि गतिविधि गर्न नपाइने पनि स्पस्ट पारेको छ ।
महानगरीय ट्राफिक महाशाखाले जेठ १ गतेदेखि लागू हुने गरी नियम उल्लंघन गरेको अवस्थामा गर्ने जरिवानाको रकम बढाएको थियो ।