महिला मोटर चालक तालिम सञ्चालन

२०७३ जेष्ठ २० गते, बिहीबार

काठमाडौँ, २० जेठ । महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील ओजस्वी नेपाल नामक सामाजिक संस्थाले महिलालाई व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले बुधबारदेखि कपनमा मोटर ड्राइभिङ तालिम सञ्चालन गरेको छ । जिल्ला विकास समितिबाट सामाजिक विकास कार्यक्रमअन्तर्गत प्राविधिक तालिमका रुपमा चालक तालिम सुरु गरिएको हो । निःशुल्क रुपमा सिकाइने उक्त तालिम डेढ महिनाको समयअवधि रहेको र तालिममा १५ जनजाति महिला सहभागी छन् ।
सांसद रामेश्वर फुँयालले पुरुषसरह महिलालाई पनि समाजमा स्थापित गर्न उनीहरुलाई आर्थिक सशक्तीकरण गर्नुपर्नेमा जोड दिँदै यस किसिमका तालिमले महिलालाई व्यावसायिक सीप तथा दक्षता अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने बताए । उनले महिलाले पनि अवसर प्राप्त गरेमा पुरुषले सरह देश विकासमा सबै काम गर्न सक्छन् भन्ने मान्यतालाई स्थापित गराउने बताउँदै महिलामा वित्तीय पहुँच पु-याउन सहयोग पुग्ने बताए ।
काठमाडौँ महानगरपालिका–६ बौद्धका सचिव रामप्रसाद पौडेलले नगरपालिकाबाट विनियोजित बजेटमा महिला सशक्तीकरणको माध्यमबाट उनीहरुको आयआर्जनका लागि केही प्रतिशत खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे । ओजस्वी नेपालका अध्यक्ष मञ्जु भट्टराईले महिलालाई घरमा चुलो चौकामा मात्र सीमित नगरी व्यावसायिक बनाउनका लागि विभिन्न खालको सीपमूलक तालिमको खाँचो रहेको औँल्याए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार