बजेटमाथिको छलफल सकिँदै
काठमाडौँ, २१ जेठ । सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको आर्थिक वर्ष २०७३/०७४ को बजेटको सामान्य छलफल आज सकिँदैछ । वार्षिक आयव्ययको अनुमानमा आज सांसदहरूलाई छलफलका लागि बढीमा दुई घन्टा समय दिएर अर्थमन्त्रीलाई जवाफको समय दिने गरी संसद् सचिवालयले तयारी गरेको छ ।
सामान्य छलफलमा उठेका प्रश्नको जवाफपछि मन्त्रालयगत योजनाबाहेकको बजेट छलफल सकिनेछ । बजेटका सम्पूर्ण विधेयक भने मन्त्रालयगत छलफल सकिएपछि मात्र पारित हुनेछन् ।