सुनको भाउ ओरालो लाग्यो
काठमाडौं, २२ जेठ । सुनको भाउ शुक्रबार सामान्यदरले ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले ओरालो लागेर ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ सयले नै उकालो लागेर ५४ हजार ५ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य भने शुक्रबार पनि ७ सय ४५ रुपैयाँमा स्थीर रह्यो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३१ डलर हाराहारीमा कारोबार भएको थियो ।