कोरला नाका खुल्यो
काठमाडौं, १ असार । आजदेखि चीनसँगको कोरला नाका खुलेको छ । २५ दिनका लागि खुलेको उक्त नाकामा सामान खरिदका लागि भिड बढेको छ । नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ पुगेका छन् । ब्यापार मेलाका लागि नाका खुलेकोले कोरलामा रहेको बन्द भन्सार कार्यालय सक्रिय पारिएको छ । भन्सारले आफ्नो नियमित काम सुरु गरेको निमित्त प्रमुख शुक्रदर्शन ढुंगानाले जानकारी दिए । ‘नाका खुल्ने भएपछि सिमानामा निस्त्रिmय भएको भन्सार कार्यालय पुर्ण रुपमा संचालनमा ल्याइएको हो,’ उनले भने, ‘यसका लागि जोमसोमबाट थप कर्मचारी आएका छन् । सिमानामा आयात निर्यात हुने सम्पुर्ण जांचपासको तयारी पुरा भएको छ, भन्सार जांच गरेर मात्र सामान ल्याउन पाइनेछ ।’ ब्यापारीलाई सहज बनाउन नाकामा कुनै पनि कानुनी झन्झट आउन नदिने उनले बताए ।