अबैध रुपमा बालुवा र ढुङ्गा निकाल्नेहरु प्रहरीको फन्दामा

२०७३ असार २ गते, बिहीबार

काठमाडौ, २ असार । झापाको भद्रपुरस्थित इलाका प्रहरी कार्यालय अनारमनीले अनधिकृत रुपमा प्राकृतिक स्रोत दोहन गर्न खोज्ने केही व्यक्ति र उनीहरुका गाडीलाई नियन्त्रणमा लिएको छ । सरकारले असार १ गतेदेखि भदौ महिनासम्म नदीजन्य पदार्थलाई खोलानालाबाट दोहन गरी ओसारपसार र बिक्री गर्न रोक लगाएको हो । यो निर्देशनलाई अटेर गरी झापाको विरिङ खोलाबाट अन्धाधुन्द टिपर र ट्र्याक्टर छिराएर नदीजन्य पदार्थ निकाल्न खोज्नेहरु पक्राउमा परेका हुन् । नियन्त्रणमा लिइएका सवारीसाधनमा १५ वटा ट्र्याक्टर, छ वटा टिपर र एक जेसीवी छन् । जिल्ला विकास समिति झापाले नियम विपरीत प्राकृतिक स्रोत दोहन गर्ने ट्र्याक्टरलाई रु छ हजार, टिपरलाई रु १५ हजार र जेसीवीलाई रु २५ हजार जरिवाना तोकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार