समीरको अध्यक्षतामा मजदुर केन्द्र गठन

२०७३ असार ५ गते, आईतवार

काठमाडौं, ५ असार । विभिन्न क्षेत्रमा मजदुरी गर्ने मजदुरहरुको एक भेलाले मजदुर प्रकाश समीरको अध्यक्षतामा ११ सदस्सीय मजदुर सरोकार केन्द्र नेपालको गठन गरेको छ । मजदुर र मालिकका बीचमा रहेको असमानतालाई अन्त्य गर्ने, मजदुरहरुको अधिकार प्राप्तीका लागि एकजुट हुने र नेपालको मजदुर आन्दोलनलाई परिणामुखी बनाउने उदेश्यसहित राजधानीको बागबजारमा हिजो आयोजित एक भेलाले केन्द्रको गठन गरेको हो । केन्द्रको उपाध्यक्षमा अनिल कुमार घिमिरे, सचिवमा जनक खत्री, कोषाध्यक्षमा रेणु भुसाल सर्वसम्मत चयन भएका छन् भने केन्द्रीय सदस्यमा रेनु बस्नेत, जनार्दन प्रसाद उपाध्याय, वावु लामा, रश्मी रिमाल, मुकेश सोनी र शिला दाहाल चयन भएका छन् । केन्द्रले छिट्टै प्रथम भेलाको आयोजना गरी आफ्नो क्षेत्रलाई पराकिलो बनाउने निर्णय गरेको छ ।
त्यस्तै भेलाले प्रमुख सल्लाहकारमा पुरुषोत्तम पोखरेललाई चयन गरेको छ । कानुनी सल्लाहकारमा दिपक मेवाहाङ राई र सल्लाहकारमा रामचन्द्र बलामीलाई चयन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार