शौच जाँदा सवा लाख स्वाहा
काठमाडौं, ५ साउन । प्युठान खैरा–५ बस्ने ३५ वर्षीय शुसिलकुमार बुढाथोकीको मोटरसाइकल रोकेर शौच जाँदा सवा लाख लुटिएको छ । रा.३ प ५४५१ नम्बरको मोटरसाइकलमा सवार बुढाथोकी, उनको १० वर्षीय छोरा प्रिन्स बुढाथोकी र भारत घर भएका २५ वर्षीय ईन्तियाज शेखको नगद १ लाख २६ हजार रुपैयाँ लुटपाट भएको छ । बाणगंगा नगरपालिका–२ कोठिपुलस्थित महेन्द्र राजमार्गमा मंगलबार पानी पिउन र शौचलय गर्नको लागि मोटरसाइकल रोकी राखेको अवस्थामा नम्बर खुल्न नसकेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले पेस्तोल देखाई धाक धम्की दिई उक्त नगद लुटपाट गरेको बताइएको छ । फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।