बन्दलाई ब्यबसायीको साथ
काठमाडाैँ, १० साउन । नेकपा माअाेवादीले आज सर्लाहीलगायत देशका विभिन्न स्थानमा दशाैं हजार सकुम्बासीहरूलार्इ सरकारले बल प्रयाेग गरेर उठिवास गरेकाे विराेधमा नेपालबन्द अायाेजना गरेकाे छ । सो बन्दलाई धनकुटा ब्यबसायीले साथ दिएको समाचार प्राप्त भएको छ । माअाेवादीका धनकुटा सेक्रेटरी अाकाश शर्माले जनताले समर्थनमा धनकुटा पूर्ण रुपमा बन्द भएकाे बताएका छन् ।
‘यातायात,शैक्षिक संस्था, उद्याेग, कलकारखाना, बजार पूर्ण रुपमा बन्द छन्, ब्यबसायी तथा जनताले फाेन गरेर नै बन्दकाे समर्थन गरेका छन्’ शर्माले भने । जनताले अाफै बन्द गर्छाैं भन्ने खबर पठाएपछि अाफुहरुले बन्द गराउदै हिड्न नपरेकाे शर्माले बताए । विना विकल्प सुकुम्बासीलाई उठिबास लगाउने सरकारी प्रयास अाफूहरुलाई पनि चित्त नबुझेकाे भन्दै त्यसकाे विराेधमा अाफूहरुले एक दिन बन्द गर्ने खबर सर्वसाधारण र ब्यसायीबाट अाएकाे शर्माले बताए