नुनपानी सन्धीबिरुद्ध अरुण पुर्व बन्द

२०७३ श्रावण २२ गते, शनिबार

काठमाडौं, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहान गरेको लिम्वूवान वन्दको प्रभाव अरुण पुर्वको नौ जिल्लामा परेको छ । बन्दको कारण विहानै देखि मोटरसाईकल, प्रेसका गाडी, कुटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्स बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल वन्द छन् । साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज लिम्बुवानको ९ जिल्ला बन्द गरेको हो ।
१८३१ साउन २२ गते कै दिन लिम्बुवान तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै कालो दिनको रुपमा साउन २२ लाई परिषद्ले मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गराउँदै आएको छ ।
बन्द अघि बिहानको ५ बजेदेखि साँझ ५ बजेसम्म रहने पार्टीका केन्द्रीय उपाध्यक्ष एवं लिम्बुवान इन्चार्ज चन्द्रबहादुर खापुङहाङले बताउनुभएको छ ।
बन्दमा प्रेश, कुटनीतिक नियोगका गाडी, परीक्षार्थी बोकेको गाडी, एम्बुलेन्स, शब बाहान तथा मोटरसाइकलहरुलाई छुट दिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु