सुन तोलाको ५९ हजार २ सय

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौं, २६ साउन । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो तीन वर्ष यताकै उच्च मूल्य हो । मंगलबार तोलाको ५८ हजार ९ सयमा कारोबार भएको थियो । २०७० साल भदौ १२ गते सुन तोला भाउ सबैभन्दा उच्च ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
त्यसपछि विस्तारै ओरालो लागेर तोलाको ४७ हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ फेरि उकालो लागेको हो । अन्तर्राष्ट्रिय शेयर बजारमा आएको अस्थिरता, डलर एवं युरोको मूल्यमा आएको गिरावटले लगानीकर्ता सुनका आकर्षित हुँदा भाउ बढेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।
अन्तराष्ट्रिय बजारमा शेयर बजारसँगै लगानीको अरु क्षेत्र कमजोर भएकाले सुनको भाउ बढेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर ९ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु