विषालु सर्प जीविकोपार्जनको दरिलो माध्यम

२०७३ श्रावण २७ गते, बिहीबार

काठमाडौ, २७ साउन । गर्मी र वर्षायाममा विषालु सर्पको डसाइले कैयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । तर तिनै विषालु सर्प देखाएर हुने कमाइ कतिपय व्यक्तिका लागि जीविकोपार्जनको दरिलो माध्यम बनेको छ । भारतको खिरी जिल्लाको तिकुनिया गाउँका चैतुलाई अहिले यहाँका गाउँबस्तीका घर घरमा पुगेर गोमन सर्प देखाउँदै अनाज र नगदको जोहो गरिरहेका देखिन्छन् । कमाइ गर्ने अन्य विकल्प नभएपछि यो परम्परागत पेसा व्यवसाय गर्नु परेको छ,’ चैतुले भने– ‘सर्प देखाएर हुने खाद्यान्न र नगदको कमाइले जीविका चलाउन सजिलो भएको छ ।’
चैतुले आफ्नो बाबुबाजेले गर्ने गरेको परम्परागत काम आफूले पनि गर्दै आएको बताए । घरमा तीन छोरा र श्रीमती पाल्नका लागि चाहिने नगद र अनाज जुटाउनका लागि यो पेसा अपनाएको उनले सुनाए ।
सपेराहरुले खासगरी नागपञ्चमीका दिन घर घरमा पुगेर नाग देखाउने परम्परा रहेपनि पछिल्ला केही वर्षदेखि जाडोयाम बाहेकका महिनामा पनि सर्प देखाउने गरेका भेटिन्छन् । जङ्गल, घर छेउछाउका काठ, इँटाको थुप्रो वा दुलो, झाडीमा लुकेर बस्ने विषालु सर्पलाई सावधानीपूर्वक जडीबुटीबाट बनाइएको सुँघ्ने औषधिको प्रयोग गरी लठ्ठीको सहायतामा समात्ने गरेको अनुभव चैतुले सुनाए । विषालु सर्प समातेपछि दाँतको भागमा रहेको विष निकालेर बाँसको चोयाबाट तयार गरिएको सानो टोकरीमा छोपेर राखी घर घरमा पु¥याएर देखाउने गरिन्छ । यसरी समातिएको सर्प केही दिनपछि जङ्गलमा लगेर छोडिदिने गरिएको यी सपेराहरु बताउँछन् । केही वर्षदेखि विषालु सर्प पाउन छाडेकाले आफूहरुको सर्प देखाएर कमाइ गर्ने पेसा पनि समस्यामा परेको उनको भनाइ छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु