प्राइम बैंकले ३३ प्रतिशत हकप्रद शेयर वितरण गर्ने

२०७३ श्रावण २७ गते, बिहीबार

काठमाडौं, २७ साउन । प्राइम कमर्सियल बैंक लिमिटेडले आउँदो भदौ १२ गतेबाट आफ्ना शेयरधनीलाई तीन बराबर १ अर्थात ३३ दशमलव ३३ प्रतिशत शेयर वितरण गर्ने भएको छ । बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । उक्त हकप्रदको अन्तिम म्याद असोज १६ गतेसम्म मात्र रहने छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्कट रहेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । ३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पछि पूँजी ४ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु