दानपेटिका फोरेर रकम चोरी

२०७३ श्रावण २८ गते, शुक्रबार

काठमाडौं, २८ साउन । गएराति दोलखाको भीमेश्वर मन्दिरमा राखिएको दान पेटिकामा संकलित रकम चोरी भएको छ । आज बिहान सरसफाई तथा नित्य पूजाका क्रममा हेर्दा दान पेटिका फोरिएको अवस्थामा भेटिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए ।
कति रकम चोरी भयो भन्ने यकिन भने हुन नसकेको व्यवस्थापन समितिले जनाएको छ । करिब दुई महिनादेखि दान पेटिका नखोलिएकाले ठूलै रकम चोरी भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु