प्राधिकारणका कर्मचारीलाई सुविधै सुविधा

२०७३ भाद्र ७ गते, मंगलवार

काठमाडौ, ७ भदौ । वर्षैदेखि उच्च घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्याधिक सेवा सुविधा बढाएको छ।
प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बसेको सञ्चालक समितको बैठकले कर्मचारीलाई सुविधा उपलव्ध गराउने निर्णय गरेको हो।
सामन्य प्रचलनअनुसार उच्च घाटामा रहेको काम्पनीका कर्मचारीको सेवा सुविधा बढाइँदैन। प्राधिकरण उच्च घाटामा भए पनि सरकारले पटकपटक घाटा अपलेखन गर्दै आएको छ ।
प्राधिकरण सञ्चालक समितिले सरकारले निजामती कर्मचारीलाई बृद्धि गरेअनुसार २५ प्रतिशत लतल बृद्धि गर्नुका साथै विगतमा खाइपाइ आएको विभिन्न किसिमका प्रोत्साहन भत्तालाई पनि निरन्तरता दिएको छ।
यस्तै समितिले प्राधिरणको कर्मचारीको भ्रमण भत्तामा समेत उल्लेख्य बृद्धि गरेको छ। बैठकले यसअघि दिदै आएको घर भाँडा शुल्कमा पनि उल्लेख्य बृद्धि गरेको स्रोतको दाबी छ।- राजधानी दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]