प्राईम बैंकको हकप्रद सेयर खुल्ला

२०७३ भाद्र १२ गते, आईतवार

काठमाडौं, १२ भदौ । प्राईम कर्मसियल बैकको हकप्रद खुल्ला गरेको छ । प्राईम कर्मसियलले एक अर्ब २३ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । बैंकले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी तीन अर्ब ७० करोड ५२ लाख ६२ हजार तीन सय रुपैयाँको तीन बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी एक करोड २३ लाख ५० हजार आठ सय ७४कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । सेयर बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्फत भदौ १२ गतेबाट खुल्ला भएको बैकको हकप्रद सेयरको बिक्री कार्य असोज १६ गतेसम्म जारी रहने छ । अधिकृत पुंजी १० अर्ब जारी पुंजी चार अर्ब ९४ करोड तीन लाख ४९ हजार सात सय रुपैयाँ रहेको बैकको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी चार अर्ब ९४ करोड तीन लाख ४९ हजार सात सय रुपैयाँ पुुग्ने छ ।
सैगरी सुर्योदय लघुबित्त बित्तीय संस्थाले पनि एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको संस्थाको छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २६ गते सेयर बिक्री कार्य बन्द हुने छ ।

प्रतिक्रियाहरु

[anycomment]