करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

२०७३ भाद्र १४ गते, मंगलवार

काठमाडौ, १४ भदौ । करदाता सेवा कार्यालय चावहिलको आयोजनामा पू“जीगत लाभकर सम्वन्धी करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम चलचित्र विकास वोर्डको हलमा सम्पन्न भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आ.रा.वि.का निर्देशक श्री नरनाथ गिरी, मालपोत कार्यालय चावहिलका प्रमुख मालपोत अधिकृत श्री गोविन्दप्रसाद अधिकारी तथा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति चावहिलका अध्यक्ष भीमबहादुर कार्की अतिथिको रुपमा उपस्थिती थियो । मालपोत कार्यालय चावहिलको रजिष्ट्रेशन फाटमा काम गर्ने सवै कर्मचारीहरु तथा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई चावहिलका पूर्व-वर्तमान पदाधिकारी, सल्लाहकार साथै सक्रिय सदस्यहरु समेत सहभागी भएको उक्त कार्यक्रममा प्रमुख कर अधिकृत युवराज श्रेष्ठले सम्पूर्ण आगन्तुकहरुलाई स्वागत गर्दै कार्यक्रमवारे जानकारी गराएका थिए । कार्यक्रममा कर अधिकृत प्रेमराज पोख्रेलले पुजीगत लाभकरको सैद्धान्तिक अवधारणा, आयकर ऐनमा सो सम्वन्धमा भएका कानूनी व्यवस्थाहरु र त्यसस“ग सम्वन्धित व्यवहारिक उदाहरणहरु प्रस्तुत गरेका थिए ।
कार्यपत्रको प्रस्तुती पछि करीव एक घण्टा सहभागीहरुसग अन्तक्र्रिया गरिएको थियो । अन्तक्र्रियाको शुरुवातमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएन इकाई चावहिलका अध्यक्ष भीमबहादुर कार्कीले पू“जीगत लाभकरका विभिन्न विषयमा जिज्ञासा र सुझाव दिएका थिए । प्रत्यक्ष सवाल जवाफ शैलीमा चलाइएको अन्तक्र्रिया कार्यक्रममा सहभागीको तर्फबाट मुख्य रुपमा आयकर ऐन तथा पू“जीगत लाभकर निर्देशिकामा रहेका पैत्रिक सम्पत्तिको प्राप्ति र सोको निसर्गमा करको गणना गर्दा रहेका द्विविधा तथा अस्पष्टताहरुलाई उठाइएको थियो । सहभागीहरुबाट उठाइएको द्विविधा तथा अस्पष्टताहरुलाई महानिर्देशक चुडामणि शर्मा तथा निर्देशक श्री नरनाथ गिरी र प्रमुख कर अधिकृत युवराज श्रेष्ठले स्पष्ट पारेका थिए ।
कार्यक्रमको अन्त्यमा, महानिर्देशक श्री चुडामणी शर्माबाट निर्देशन मन्तव्य सहित कार्यक्रम समापनको घोषणा भएको थियो । निर्देशन मन्तव्य दिदै महानिर्देशक शर्माले पैत्रिक सम्पत्ति भएतापनि ३ पुस्ता भित्र खरिद बिक्री वाहेक अन्य कारोवार भएमा पू“जीगत लाभकर आकर्षित हुने र जग्गा धनीपूर्जामा भएको कारोवार मितिलाई नै प्रमाणको रुपमा लिईनुपर्ने वताउदै ऐन, नियम तथा निर्देशिकामा भएका द्विविधा तथा अस्पष्टताहरुलाई स्पष्ट गर्दै लान सकिने र त्यसका लागि सम्वद्ध सरोकारबालाहरुको सुझाव र सल्लाहको आन्तरिक राजस्व विभागले सदैव अपेक्षा राखेको व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु