खाद्यको चामल विक्री भएन्

२०७३ भाद्र ३० गते, बिहीबार

काठमाडौ, ३० भदौ । खाद्य संस्थानले ताप्लेजुङमा बेच्दै आएको चामलको मूल्य चार पटकसम्म घटाउँदा पनि बिक्री हुन सकिरहेको छैन् । चामल नबिक्दा गोदाममै थन्किएको हो । डेढ वर्षअघि ढुवानी भएको चामलको मूल्य चार पटकसम्म घटाएर सस्तोमा बिक्री गर्न खोजिए पनि नबिकेको खाद्य संस्थान ताप्लेजुङका प्रमुख ललितकुमार यादवले बताए ।
आर्थिक वर्ष २०७१/७२ मा ढुवानी गरिएको १ हजार ९ सय ९३ क्वीन्टल चामलमा अझै एक हजार क्वीन्टलभन्दा बढी बिक्री हुन सकेको छैन । अघिल्लो आर्थिक वर्षमा ढुवानी भएको चामल नै नबिकेपछि गत आर्थिक वर्षमा चामल ढुवानी नगरिएको यादवले जानकारी दिए । सुरुमा प्रतिकेजी ४३ रुपैयाँमा बेचिएको चामल अहिले ३५ रुपैयाँमा पनि बिक्री हुन छाडेको हो । चामल उपभोग गर्नयोग्य रहेको कार्यालयको जनाएको छ । संस्थान आफैंले धान खरिद गरी कुटाएको चामल भएकाले सर्वसाधारणलाई चामल किनिदिन संस्थानले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु