‘रेट्रोफिटिङ’ गर्न एक लाख अनुदान

२०७३ आश्विन २१ गते, शुक्रबार

काठमाडौँ, २१ असोेज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पका कारण आंशिक क्षति भइ सवलीकरण (रेट्रोफिटिङ) गर्नुपर्ने र मर्मत सम्भार गर्नुपर्ने घरका लागि पनि एक लाख रुपियाँ उपलब्ध गराउने भएको छ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको बैठकले असोज १० गते प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार यस्तो निर्णय गरेको हो ।
त्यस्तो अनुदान के कसरी उपलब्ध गराउने भन्ने विषयमा आवश्यक कार्यविधि र प्रक्रिया निर्माण गर्न कार्यकारी समितिका सदस्यलाई जिम्मेवारी दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
त्यस्तै बैठकले भूकम्पका कारण भत्किएका तर आफ्नै स्रोतबाट बनाइसकेका निजी घरलाई पनि अन्य पीडितसरह नै तीन लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ तर त्यस्ता घर प्राविधिकको सहयोगमा बनेको र भूकम्प प्रतिरोधी छ भन्ने प्रमाणित हुनुपर्ने प्राधिकरणले बताइएको छ ।
प्रवक्ता थपलियाका अनुसार बिहीबारको बैठकले प्राधिकरणको संरचनागत सङ्गठनलाई पुनःसंरचना गर्ने र त्यसका लागि आवश्यक बजेट अर्थ मन्त्रालयसँग माग गरेर उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु