अलैंचीको मूल्य ह्वात्तै घट्यो

२०७३ आश्विन २६ गते, बुधबार

काठमाडौ, २६ असोज । अलैंचीको मूल्यमा ठूलो गिरावट आएको छ । रोग–किराको प्रकोपले समस्यामा परेका कृषक मूल्य घटेपछि थप समस्यामा परेका छन् । अलैंची बिक्री गरेरै दसैं–तिहारका लागि खर्चको जोहो गर्नुपर्ने समयमा मूल्यमा आएको उतार–चढावका कारण अलैंची उत्पादक कृषक समस्यामा परेका हुन् ।
एकातिर रोग–किराको कारण अलैंची बगानै नस्ट हंँदा कृषक समस्यामा परेका छन् भने अर्कोतर्फ अलिअलि भएको उत्पादनले पनि भनेजति मूल्य नपाएपछि कृषकहरु दोहोरो मारमा परेका हुन् ।
गत वर्ष यो सिजनमा प्रतिमन एक लाख २० हजार रुपैयाँमा कारोबार भएको अलैंचीको भाउ घटेर अहिले प्रतिमन ६० हजार रुपैयाँ भन्दामाथि चढ्न सकेको छैन ।
विभिन्न रोग–किराको प्रकोपको कारण अलैंचीको बगानै नस्ट हुँदा तथा मूल्यमा आएको उच्च गिरावटका कारण कृषकको चिन्ता चुलिएको हो । भारत र पाकिस्तानलगायत मुलुकबाट माग घटेपछि गत वर्षभन्दा करिब ६० प्रतिशतसम्म मूल्य घटेको किसान र व्यवसायीहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा ठूला व्यापारीले मिसावटयुक्त अलैंची निकासी गरेका कारण आफूहरुले भनेजस्तो मूल्यमा बिक्री गर्न नपाएको कृषकको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु