आँखामा खुर्सानीको धुलो हालेर १६ लाख लुटियो

२०७३ कार्तिक १० गते, बुधबार

काठमाडौं, १० कात्तिक । दाङ तुलसीपुरको वसपार्कवाट १६ लाख रुँपैया लुटपाट भएको छ । दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथवाट १० लाख भारतीय नगद रुँपैया लुटपात भएको हो । एउटा मोटरसाईलमा चढेर आएका तीन जना नकाप धारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेको प्रहरीले बताएको छ । लामिछाने बुटवल बस्त्रालयमा लामोसमय देखि कार्यरत
कर्मचारी हुन । तुलसीपुर(१४ चैलाही निवासी लामिछानेलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरि अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
ईप्रकाका प्रमुख डिएसपी लोकनाथ तिमिल्सेनाले अनुसन्धान पछि तथ्य कुरा सार्वजनिक गरिने बताए । बुटवल बस्तात्रलयका प्रोपाईटर राजकुरमा श्रेष्ठले लामिछानेलाई उक्त रकम दिएर पसलको सामान ल्याउनका लागि भन्सार गर्न पठाएको बताए । उनले कृष्ण नगर भन्सारमा उक्त रकम पठाउनका लागि दिएको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु