सार्वजनिक लेखा समिति नेतृत्वविहीन

२०७३ मंसिर १२ गते, आईतवार

काठमाडौं, १२ मंसिर । सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अझै नेतृत्व पाउन सकेको छैन ।
समिति नेतृत्वविहीन भएको तीन महिना बितिसके पनि सभापति चयनको प्रक्रिया अगाडि बढेको छैन । सभापति नहुँदा समितिमा पुराना उजुरी थन्किएका छन् । तीन महिनायता नयाँ उजुरी पनि दर्ता भएका छैनन् ।
तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री चयन भएपछि लेखा समिति सभापतिविहीन छ । ज्येष्ठ सदस्यबाट तत्काल कार्यसम्पादन गर्न सकिने भए पनि बैठक बसेको छैन । ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो ।
सार्वजनिक लेखामा सभापति प्रतिपक्ष दलको सांसदबाट हुने व्यवस्था अनुसार सभापतिमा एमालेले दाबी गरेको छ तर माओवादी केन्द्रले पनि सभापतिमा चासो देखाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु