सिजीका कर्मचारीहरुको आन्दोलन उत्कर्षमा

काठमाडौं, १ पुस । विश्वका अर्बपतिको सूचिमा परेका विनोद चौधरीको सिजी कम्युनिकेशन प्रा.लिका कर्मचारीहरुको आन्दोलन चर्किदै गएको छ । विगत १० महिनादेखि व्यवस्थापनले बिना जानकारी कम्पनी सञ्चालन नगरी कर्मचारीलाई पनि तलव नदिई अन्यौलको स्थिति पैदा भएपछि कर्मचारीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । सोमबारदेखि जारी आन्दोलनमा कर्मचारीहरु धर्ना र रिले अनसन सँगसँगै गरिरहेका छन् । कम्पनी चालु नगर्नको कारण माग्दै कर्मचारीहरुले कम्पनीको बाध्यता के हो ? संकट नै परेको हो भने कर्मचारीहरु समाधानका लागि पहल गर्न तयार रहेको पटक पटक बताउँदै आएका छन् ।
पछिल्लो समयमा भएका अनौपचारिक छलफलमा व्यवस्थापकले स्पष्ट जवाफ नदिने कम्पनी विक्री भइसकेको भनेर पाँच दर्जनभन्दा बढि कर्मचारीलाई घर न घाटको अवस्थामा पुगेका छन् । अन्तिम बिकल्पका रुपमा आन्दोलनलाई लिँदै कर्मचारीहरुले सानेपास्थित सिजी ग्रुपको मुल गेटमा लगातार धर्ना र अवरोधका कार्यक्रम गर्दै आएका छन् । कर्मचारीको बाध्यता र समस्याप्रति बेवास्ता गर्दै सरकार र प्रशासन भने उल्टै चौधरी गु्रपको रक्षा मात्र गर्ने कर्मचारीको समस्याप्रति भने बेखवर जस्तो हुने रवैयाले कर्मचारीहरु थप आक्रोशित हुँदै आन्दोलन उत्कर्षमा पु¥याइरहेका छन् ।
तैपनि सहज रुपमा समस्याका लागि भन्दै कर्मचारीले पटक पटक आन्दोलन स्थगन गरेर वार्ता छलफलमा आफै अग्रसर भएपनि व्यवस्थापन पक्ष भने बार्ताको नाटकमा कर्मचारीलाई जर्बजस्ती निष्काशन गर्ने योजनामा लागेपछि गत आइतवारदेखि पनः आन्दोलनरत भएका हुन् ।
संचार क्षेत्रका कर्मचारी भएकाले सो आन्दोलनको नेतृत्व गरिरहेका क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका विशेष व्यूरो समन्व्य समितिका संयोजक जन्मदेव जैसीका अनुसार पछिल्लो स्थितिलाई ध्यान दिंदै कर्मचारीले पाँचवटा गम्भीर प्रकृतिका माग राखेर कर्मचारीहरु आन्दोलनरत् छन् ।
०७२ भदौ ६ गते पेश गरेका १३ बुँदे माग सम्बोधनका लागि अबिलम्ब वार्ता आब्हान गरी समस्या हल गर्नुपर्ने, विगत १० महिनादेखिको पाउनुपर्ने तलव, भत्ता सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त उपलब्ध गर्नुपर्ने, कम्पनी विक्री भइसकेको भनी कर्मचारीलाई अलपत्र पार्ने र जसरी पनि अबकाश लिनुपर्ने भनि दिइने दवाव बन्द गरिनुपर्ने, कम्पनीलाई तत्काल सुचारु गरी वार्तामार्फत हाम्रा जायज मागहरुको छिटोभन्दा छिटो सम्बोधन गरेर सबै कर्मचारीलाई अभिलम्ब काममा खटाइनुपर्ने र माग राखेकै कारण जबर्जस्त निष्काशन गरिएका सु्रेश डंगोल र लिला रानामगरलाई तत्काल पुनःबहाली गनुपर्ने कर्मचारीको माग छ ।
कर्मचारीका जाहेज मागप्रति व्यवस्थापन सकारात्मक नभए थप संघर्षका कडा कार्यक्रम ल्याउन बाध्य हुने संयोजक जैसीले बताए । ‘संयमता अपनाइ कर्मचारीले आप्mना माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्, अझ कठोर संघर्ष रोज्न कर्मचारीलाई बाध्य नपारियोस्,’ उनको चेतावनी थियो ।