टेलिकमले सापटी ब्यालेन्स दिने

२०७३ पुष २५ गते, सोमबार

काठमाडौं, २५ पुस । नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने भएको छ । टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ । यो सेवामा ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ । ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ । टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलाई ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको जानकारी दिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०८२ श्रावण १७ गते, शुक्रबार

नेप्से ४७.९३ अङ्कले घट्यो

२०८२ श्रावण १५ गते, बुधबार