दैनिक २० किलो ल्याउन पाइने

२०७३ माघ १८ गते, मंगलवार

काठमाडौं, १८ माघ । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ । सुनको माग अत्यधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो । वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो ।
यसअघि दैनिक १५ किलोमात्रै ल्याउन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकहरुले पालैपालो दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०८२ श्रावण १७ गते, शुक्रबार

नेप्से ४७.९३ अङ्कले घट्यो

२०८२ श्रावण १५ गते, बुधबार