घुस्याहा लेखापाल रंगेहात पक्राउ

२०७३ माघ १८ गते, मंगलवार

काठमाडौं,१८ माघ । यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल भूपेन्द्र कटुवाल घुस लिँदालिँदै पक्राउ परेका छन । सेवाग्राहीबाट लाइसेन्स बनाइदिने भन्दै कटुवालले ४० हजार नगद घुस लिँदालिँदै अख्तियारको टोलीले रंगेहात पक्रेको हो । उनले चार जनाको लाइसेन्स बनाइदिने भन्दै मंगलबार बिहान कार्यालयसँगैको एक होटलमा सेवाग्राहीलाई बाेलाएर घुस रकम लिँदै थिए ।
सेवाग्राहीले अख्तियारलाई सम्पर्क कार्यालय इटहरीमा खबर गरेपछि पक्राउ गर्न अख्तियारकाे टोली उक्त हाेटलमै पुगेकाे थियाे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु