प्रणय दिवसका लागि ५० लाखको रातो गुलाब भित्र्याइदै

२०७३ माघ २२ गते, शनिबार

काठमाडौं ,२२ माघ । फेब्रुअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाईन डे)लाई मध्यनजर गरी भारतबाट ५० लाख रुपैयाँ बराबरको रातो गुलाब आयात गरिने भएको छ । प्रणय दिवसका लागि खपत हुने दुई लाख गुलाबमध्ये एक लाख भारतबाट ल्याइने नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए । गत वर्ष पनि सोही अनुपातमा गुलाबको कारोबार भएको थियो । व्यवसायिक फूल उत्पादनमा आत्मनिर्भर हुन नसकेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । आयात गरिएका फूलमध्ये ४० प्रतिशत काठमाडौं उपत्यकामा र बाँकी देशका अन्य मुख्य सहरमा खपत हुने उनले बताए ।
पछिल्लो समय नेपालमा पुष्पखेती गर्ने व्यवसायीको संख्या वृद्धि हुँदै गएपनि आत्मनिर्भर बन्न भने सकेको छैन । नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनेपनि रातो गुलाब र सयपत्री फूल भने आयात हुने गरेको छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि आवश्यक मध्ये करिब १८ प्रतिशत अन्य मुुलुकबाट आयात हुँदै आएको छ । नेपालमा मनाईने चाडपर्व र बिभिन्न समारोहका लागि भन्दै बर्षेनी साढे एक अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । विशेषगरी रातो गुलाबको व्यावसायिक खेती काठमाडौं उपत्यका र चितवनमा हुँदै आएको छ । व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुादै आएको छ । फूलको मागमा आएको वृद्धिसागै काठमाडौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु