ग्यासको मुल्य बढ्यो

२०७३ फाल्गुन २८ गते, शनिबार

काठमाडौ ,२८ फागुन । नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी खाना पकाउने ग्यासको मुल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ । नयाँ मुल्य अनुसार अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्नेछ ।
यसअघि प्रति सिलिन्डर एलपी ग्यासको मुल्य १३ सय ५० रुपैयाँ थियो । खाना पकाउने ग्यासमा मूल्य बढे पनि पेट्रोल र डिजलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । अन्तराष्ट्रिय बजारमा ग्याँसको मूल्य बढेको भन्दै इन्डियन आयल कर्पोरेसनले पनि बृद्धि गरेको मुल्य अनुसार नै ग्यास नेपाल पठाएपछि मुल्य वृद्धि गरिएको निगमका प्रबक्ता सीताराम पोखरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु