सीमा नाकामा सवारी आवागमन ठप्प

२०७३ चैत्र २ गते, बुधबार

काठमाडौँ, २ चैत । गत बिहीबार पुनर्वास नगरपालिकामा भएको घटनापछि कञ्चनपुरको पश्चिमी सीमा नाकामा सवारी आवागमन ठप्प भएको छ । बिगत
पाँच दिनदेखि पश्चिमी नाका गड्डाचौकी–बनवासाबीच पर्ने सीमा क्षेत्रबाट दुबै देशका सवारी साधनमा भारतीय पक्षले रोक लगाएको हो । सवारी साधनमा रोक लगाएपछि दुबै देशका नागरिकलाई आवातजावतमा असहज भएको छ ।
भारतबाट काम गरी फर्कने नेपाली बनवासाबाट गड्डाचौकीसम्म पैदल हिंडेरै आउन बाध्य भएका छन् । सवारी साधनमा क्षति हुन सक्ने भन्दै भारतीय पक्षले सवारी साधन आवागमनमा रोक लगाएको र अझै स्थिति सामान्य नभएकाले यसबारेमा पहल नगरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बिहीबार पुनर्वासमा भएको आन्दोलनमा भारतीय सीमा सुरक्षा बलका प्रहरीले गोली चलाउँदा स्थानीय गोविन्द गौतम मारिएका थिए । त्यसपछि तनाव सिर्जना हुँदा आक्रोशित प्रदर्शनकारीले भारतीय नम्बर प्लेटका सवारी साधनमा आगजनी र तोडफोड गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु