न्यूजिल्याण्डद्वारा रोजगारीको लागि आकर्षक प्रस्ताव

२०७३ चैत्र ४ गते, शुक्रबार

काठमाडौं, ४ चैत । न्यूजिल्याण्डमा विदेशी नागरिकहरुका लागि हवाइ टिकट, खान–बस्न र घुम्ने सुविधासहित दरखास्त आह्वान गरिएको छ । खासगरी प्राविधिक कामदारका लागि आवेदन माग गरिएको हो । तत्कालका लागि वेलिङ्टनमा एक सयको संख्यामा विभिन्न विषयका दक्ष कामदार माग गरिएको छ । आवेदनकर्ताको वायोडाटा सन्तोषजनक पाइएको अवस्थामा अन्तरवार्ता तथा अन्य छनौट प्रक्रियाका लागि हवाई टिकट, खाना–बस्न तथा सहर घुमाउने प्रस्तावसहित बोलाइने पनि विज्ञापनमा उल्लेख छ । अन्तरवार्तामा पास हुनासाथ रोजगारी दिइने र पास हुन नसके पनि त्यसरी बोलाइएका जनशक्तिको खर्च कम्पनीमार्फत नै व्यहोरिने जनाइएको छ ।
विदेशीहरुले पनि खुला प्रतिश्पर्धामा भाग लिन सकुन् र आफ्नो क्षेत्रमा दक्ष ठहरिएकाहरुलाई रोजगारी दिन सकियोस् भन्ने उद्देश्यले आउन–जान हवाइ टिकटको सुविधा दिइएको विज्ञापनमा उल्लेख छ ।
आइपी नेटवर्क इन्जिनियर, जाभा स्क्रिप्ट डेभलपर, एन्ड्रोयड डेभलपर, सिस्टम इन्जिनियर, ब्याकइन्ड डेभलपर, सिनियर डेभलपर, डिजिटर प्रोड्युसर, सेक्युरिटी कन्सल्ट्यान्ट लगायतका क्षेत्रमा दक्ष कामदारका लागि रोजगारीका लागि अवसर दिइएको हो ।
आवेदनकर्ताले अनलाइनबाटै आफ्नो वायोडाटा पेश गर्न सक्नेछन् । कम्पनीले रुचाएका व्यक्तिहरुले भिडियो अन्तरवार्ता दिनुपर्नेछ । त्यसपछि कम्पनीले उचित ठहर गर्न सके साक्षात्कारसहित अन्तरवार्ता र आगामी छनोट प्रक्रियाका लागि हवाई टिकटको सुविधासहित बोलाउने जनाइएको छ ।
रोजगारीको यो अवसरमा नेपाली नागरिकले पनि प्रतिश्पर्धा गर्न सक्नेछन् । जसका लागि आधिकारिक वेबसाइटमा गएर आफ्नो प्रोफाइल बनाउने र आवश्यक विवरण भर्नुपर्ने छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु