नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने

२०७३ चैत्र ८ गते, मंगलवार

काठमाडौं, ८ चैत । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माण कार्यलाई तिव्रता दिन दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम गर्दै आएको सडकखण्डमा यही चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा यातायात आवतजावत रोकिने भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार अब दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक बन्द गरिनेछ । वैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी सोही अनुसार र नमिल्ने सवारी साधनले लेन अनुशासन कायम राखी ट्राफिक प्रहरी र कर्मचारीको निर्देशन पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ । हाल बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरि निर्माण गरिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु