यातायात कार्यालयबाटै सवारी लाइसेन्स बिक्री !

२०७३ चैत्र १७ गते, बिहीबार

काठमाडौं, १७ चैत । भेरी अञ्चल यातायात कार्यालयका तत्कालिन प्रमुख पवन सुवेदीले सेटिङमा १० हजारभन्दा बढी सवारी लाइसेन्स बिक्री गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो ।२०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन गर्दा १० हजारभन्दा धेरैलाई सेटिङमा लाइसेन्स दिएको पाइएको हो । विभागले छानबिन गरी सुवेदीलाई बुधबारदेखि लागू हुने गरी सचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको छ । कार्यालय प्रमुख सुवेदीसहित २ शाखा अधिकृत, नौ नायब सुब्बा र दुई खरिदार गरी १४ जना कर्मचारीसमेत निष्काशनमा परेका छन् । –कारोबार दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.०७ अंकले घट्यो !

२०८२ श्रावण १३ गते, सोमबार

नेप्से १८ अंकले घट्यो

२०८२ श्रावण १२ गते, आईतवार