सगरमाथाको उचाई नाप्न १० करोड खर्च लाग्ने अनुमान

२०७३ चैत्र १७ गते, बिहीबार

काठमाडौं, १७ चैत । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ । २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफैं पहल अघि बढाएको हो । नापी विभागले सगरमाथाको उचाई नेपाल आफैंले नाप्न सक्ने जनाएको छ । त्यसका लागि नापीले चरणबद्ध रूपमा विभिन्न निकायसँग छलफल गरेको छ ।
सगरमाथाको उचाइ नाप्न कम्तिमा १० करोड रूपैया लाग्ने भन्दै त्यसका लागि आगामी आर्थिक वर्षमा सरकारसँग बजेट माग गरिने गरी तयारी थालिएको विभागका प्रवक्ता अनिल मरासिनीले बताए । – नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु