भित्रियो बीएस–४ मापदण्डको तेल

२०७३ चैत्र २१ गते, सोमबार

काठमाडौ, २१ चैत । नेपाली उपभोक्ताले सोमबारदेखि पहिलोपटक बीएस–४ मापदण्डको तेल खरिद गर्न पाउने भएका छन् । नेपाल आयल निगमले बीएस–३ मादण्डको तेल आयात गर्दै आएकोमा यसलाई विस्थापित गरी आइतबार बीएस–४ गुणस्तरको तेल भित्राइसकेकाले अब उपभोक्ताले सोही गुणस्तरको तेल खरिद गर्न पाउने भएका हुन् । बीएस–३ को तुलनामा बीएस–४ मापदण्डको तेललाई उच्च गुणस्तरको इन्धनका रूपमा लिइन्छ । भारतले सन् २०१७ बाट यूरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई यूरो–४ प्रयोगमा ल्याएकाले पनि नेपालले सोही मापदण्डकै इन्धन आयात गरेको हो । तर, यूरोपियन मुलुकबाट तेल आएकाले यूरो–४ भनिए पनि आईओसीले भारतमा प्रशोधन गरेर उसकै ब्राण्डमा नेपाल पठाएका कारण यसलाई बीएस–४ मापदण्ड भन्ने गरिएको हो । आईओसीले बीएस– ब्रान्डको नाममा नेपालमा इन्धन वितरण गर्दै आएको छ ।
यूरो–४ र बीएस–४ मापदण्डको इन्धनको गुणस्तर एउटै भए पनि भारतले प्रशोधन गरेर आफ्नो मापदण्ड कायम गरी इन्धन पठाएकाले पनि यसलाई बीएस–४ मापदण्ड नामाकरण गरिएको हो । – कारोबार दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.०७ अंकले घट्यो !

२०८२ श्रावण १३ गते, सोमबार

नेप्से १८ अंकले घट्यो

२०८२ श्रावण १२ गते, आईतवार