मल्लद्वारा ३ लाखको सम्मान अस्वीकार ।

२०७३ चैत्र २४ गते, बिहीबार

काठमाडौँ, २४ चैत । बालाजु कराते एकेडेमीका सस्थापक धुर्ब बिक्रम मल्लले सरकारको ३ लाख रूपैयाले सम्मान गर्ने निर्णय अस्वीकार गरेका छ्न ।
नेपाल सरकारको हालैको मन्त्रि स्तरीय निर्णयबाट अल्ट्रा धाविका मिरा राईलाई ३० लाख र मिरालाई यो स्थान सम्म पुराए बापत कदर स्वरुप बालाजु कराते एकेडेमीका सस्थापक मल्ललाई ३ लाख रूपैयाले सम्मान गर्ने निर्णय गरेको थियो । प्रशिक्षक मल्लले आफ्नो फेसबुक स्टाटसमा लेखेका छ्न-“खेलकुदको नीति नियम र बिधिमा राज्यको ढुकुटीबाट करोडौ पैसा खर्च मात्रै गर्नु ठुलो होइन भन्ने प्रमाणित राज्यको सय रूपैया पनि लगानी नभएको कराते खेलाड़ी बिमला तमांग र विश्व चर्चित खेलाड़ी मिरा राईबाट प्रमाणित गरेको छु र २०१७ मा पनि अर्को नया अनुहारबाट देशलाई अन्तराष्ट्रिय भूमिमा इतिहासिक सम्मानजनक स्वर्ण पदक दिलाउने मेरो लक्ष्य भएको हुदा ३ लाख पैसा नलिने मन्त्रि ज्युलाइ जानकारी गराई सकेको छु र सार्बजनिक गर्न पनि चाहन्छु l ”
मल्लले खेलकुदको नाममा हल्ला मात्रै होइन देशलाई चाहिएको सम्मानजनक पदक हो ; भन्दै लोभी र पापीहरूको ज्यू हजूरी हानथाप हेर्नु बाहेक अरु उपलब्धि केहि नहुने बताएका छ्न।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु